काठमाण्डौंः यो वर्षको तीजलाई लक्षित गरेर संगीतकार ज्योतिप्रकाशको संगीतमा नयाँ तीज भाका ‘लगनको सारी…’ दर्शक श्रोतामाझ आएको छ । गीतकार देवी पराजुलीले यो तीज भाका लेखेकी हुन् ।
छ । गीतमा समसामयिक बिषयबस्तु उठान गरिएको छ । यो गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका हुन् ।यो गीतलाई गायिका बिन्दु परियारले गाएकी छिन् । यो तीजभाका निकै माधुर्य बनेको छ ।
यो गीतलाई ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको नृत्यप्रधान यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेका छन् । भिडियोमा मोडल दिब्यानी ओलीको शिर्ष नृत्य रहेको छ ।
उनीसँगै विभिन्न क्षेत्रमा स्थापित महिलाहरु पनि यो भिडियोमा अभिनयरत छन् । गीतसँगै यतिबेला यो भिडियोलाई दर्शकले रुचाएका छन् । गीतको भिडियोमा महेश महराको छायाँकन, दीपक बिष्टको सम्पादन, दीपेश बिष्टको कोरियोग्राफी रहेको छ । न्यूज अभियान
भिडियोमा हेर्नुहोस्
https://youtu.be/oMTjzc3dZ8A
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया