कार्तिक ११, २०८३ बुधबार October 28, 2026

शिब र देविकाको नयाँ तीज गीत ‘नाई बाबा नाई’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः यो वर्षको हरितालिका तिज पर्व नजिकिँदै गर्दा विभिन्न तिज भाकाहरु बजारमा आएका छन् । यसै क्रममा अग्रज गीतकार शिब हमाल र लोक गायिका देविका केसीको नयाँ तिज भाका नाई बाबा नाई यतीबेला बजारमा आएको छ ।

यो गीतलाई गायिका देविकाले आफ्नै अफिसियल च्यानल ‘देविका केसी’बाट रिलिज गरेकी छिन् । गीतलाई शिब हमालले लेखेका हुन् । गीतमा संगीत पनि हमालकै रहेको छ । जसमा सुनिल परियारले  संगीत संयोजन गरेका छन् ।

आफ्नै साथीको दाई मन परेपछि एक युवतीले ती साथीको दाईलाई राखेको प्रेम प्रस्तावमा यो गीत आधारित रहेको गीतकार हमालले बताए,‘नयाँ पुस्तामा पनि तीज पर्वको महत्व जगाउन र उनीहरुलाई आकर्षित गर्न टिन एजरलाई लक्षित गरेर हामीले यो गीत तयार गरेको हो । गीतले राम्रो प्रतिक्रिया पाएको छ ।’ गीतकार हमालले भने ।

गायिका देविका यतीबेला क्यानडामा छिन् । यो गीत निकै राम्रो बनेको कारण यसपटक आफ्नै च्यानलबाट नाई बाबा नाईको भिडियोलाई रिलिज गरेको देविकाले बताईन् ।

बिगत डेढ दशकदेखि तीज गीत निकाल्दै आएकी उनले बिगत झै यसपटक पनि तीजलाई लक्षित गरेर यो गीत ल्याएको बताईन् । गीतकार शिब हमालसँग अघिल्लो गीत धनगढी…हिट भएपछि यसपटक फेरी यो मिठो गीत ल्याउने अबसर जुरेको पनि गायिका देविकाले बताईन् ।

यो तीज गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । यो भिडियोमा गायिका प्रीति आलेको मुख्य अभिनय रहेको छ । उनको नृत्यलाई अहिले दर्शकले निकै मन पराएका छन् ।

प्रीतिलाई अभिनयमा राजकुमार अधिकारीले साथ दिएका छन् । भिडियोलाई स्मृती तिमिल्सिना (गुरुआमा)ले निर्देशन तथा कोरियोग्राफी गरेकी हुन् ।

प्रकाश धमलाले सम्पादन गरेको यो भिडियोलाई राजेश घिमिरेले खिचेको हुन् । भिडियो गायिका देविका केसी स्वयम् पनि साथीहरुसँग गायिकाको रुपमा प्रस्तुत भएकी छिन् ।

सिन्धुपालचोकको काठ क्षेत्रमा जन्मिए र पूर्वदेखि पश्चिमसम्मका सबै लोक भाका बजारमा ल्याएकी देविका सबै प्रकारका गीत गाउन सक्ने गायिकाको रुपमा लोकप्रिय छिन् ।

गायन यात्राको यो दुई दशकमा गोल्डेनको सारी…, धनगढीमा किन्याको नयाँ गलबन्दी…, बाजी ठोकम आउ…सहित सैयौं हिट गीतहरु उनले नेपाली संगीत क्षेत्रलाई दिएकी छिन् ।न्यूजअभियान

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार