श्रावण १६, २०८३ शनिबार August 1, 2026

रणवीर कपुरको ‘शमशेरा’ फ्लप हुनुका ६ कारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अभिनेता रणवीर कपुरको फिल्म ‘शमशेरा’ बक्स अफिसमा पूर्ण रूपमा असफल साबित भइसकेको छ । चार वर्षपछि थिएटरमा पुनरागमन गरेका रणवीरबाट फ्यानले ठूलो आशा राखेका थिए । तर आशालाई निराशामा बदल्दै उनको फिल्म यो वर्ष फ्लप हुने फिल्मको सूचीमा पर्‍यो ।

रिलिजको पहिलो दिन १० दशमलब २५ करोड ओपनिङ गरेको फिल्म हरेक दिन बक्स अफिसमा गिर्दो अवस्थामा रह्यो । रिलिजको ६ दिनसम्म रणवीर र सञ्जय दत्तको फिल्मले ४० करोडको आंकडा पनि पार गरेको छैन । फिल्म विश्लेषकहरूले ठूलो ब्यानरको फिल्म किन फ्लप भयो भनेर यसका ६ कारणको पहिचान गरेका छन् ।

कमजोर ट्रेलर

फिल्म ‘शमशेरा’ फ्लप हुन्छ भन्ने अनुमान २४ जुनमै लगाइएको थियो, जुन दिन फिल्मको ट्रेलर रिलिज भएको थियो । ट्रेलर रिलिजपछि फिल्ममा केवल संवादबाहेक अरु केही छैन भन्ने कुरा प्रस्ट भइसकेको थियो । वाणी कपुरले फिल्ममा कोल्ड शोल्डर टप लगाउनु अर्को मजाक बनेको थियो । सञ्जयको अनौठो तरिकाले संवाद बोल्ने शैलीलाई पनि सामाजिक सञ्जालमा मजाकको विषय बनाइएको थियो । समग्रमा ट्रेलरले दर्शकलाई हलमा तान्न असफल रह्यो ।

रणवीरको इमेज

पहिलो फिल्म ‘सावरिया’बाट रणवीरको इमेज एक लभर ब्वाइवाला बनेको छ । ‘रकस्टार’, ‘वेक अप सिड’, ‘ये जवानी है दिवानी’ जस्ता फिल्मको सफलताले उनको इमेजलाई अझ मजबुत बनायो । यस्तो अवस्थामा चार वर्षपछि कमब्याक गरेको फिल्मले उनलाई डकैत बनाएको छ भने फ्यानको सोचाइ कस्तो रहला । दर्शकले यही कारण उनको यो लुक्सलाई स्वीकार गर्न सकेनन् ।

कमजोर संगीत

फिल्ममा कुनै यस्तो गीत छैन, जुन गीत दर्शकले हलबाट बाहिर निस्किएपछि सम्झिरहुन् । संगीतकार मिथुनले यति ठूलो फिल्म कहिल्यै गरेका थिएनन्, जसकारण उनले फिल्मका लागि एउटा पनि हिट गीत दिन सकेनन् । यसलाई पनि फिल्मको एउटा कमजोर पक्ष मानिएको छ ।

कथामा अलमल

फिल्ममा सञ्जय दत्तलाई भिलेनका रूपमा देखाइएको छ । यसअघि पनि दर्शकले उनलाई ‘अग्निपथ’ र ‘केजीएफ २’ जस्ता फिल्ममा भिलेनको रूपमा देखिसकेका छन् । दर्शकले उनको चरित्रलाई नयाँ बोतलमा पुरानो रक्सी जस्तो माने र उनलाई अस्वीकार गरे ।

केजीएफ २ सँग तुलना

फिल्मका लागि सबैभन्दा हानिकारक पक्ष नै ‘केजीएफ २’सँग यसको तुलना गर्नु रह्यो । सामाजिक सञ्जालमा लगातार यसलाई लिएर बहस चल्यो कि यदि ‘शमशेरा’ ‘केजीएफ २’ भन्दा अघि रिलिज भएको भए यो हिट हुने सम्भावना बढी थियो । यशसँग रणवीरको तुलना हुन थाल्यो, जुन नै ठूलो भूल बन्यो ।

विवाद

फिल्मको फस्टलुक सार्वजनिक हुनासाथ यो विवादमा तानियो । समाजका विशेष वर्गले सञ्जयको लुक्स र उनले निधारमा लगाएको टीकालाई लिएर विरोध जनाए । सामाजिक सञ्जालमा फिल्म बहिस्कारको अभियान नै चल्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार