कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

विभिन्न स्थानको बाढीपहिरो र घटनाबारे गृहमन्त्री खाणको चासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले कास्की, प्यूठान र पाल्पामा निरन्तरको वर्षापछि गएको पहिरोले पुर्‍याएको क्षतिबारे चासो व्यक्त गर्नुभएको छ ।

गृहमन्त्री खाणले पहिरोले क्षति पुर्‍याएको क्षेत्रमा तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन भइरहेका पहलबारे जानकारी लिनुभएको छ ।

गृहमन्त्री खाणले लुम्बिनी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग पहिरोबाट गएको क्षति र तत्कालका लागि राहत तथा नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन गरिएको पहलबारे जानकारी लिनुभएको हो ।

उहाँले उद्धार र राहतमा थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन पनि भन्नुभएको छ ।

त्यस्तै, काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत्यु भएको घटनाबारे पनि गृहमन्त्री खाणले जानकारी लिनुभएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसँग काभ्रेस्थलीमा एकै परिवारमा चार जना मृत फेला परेको अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले घटनाबारे अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीलाई निर्देशन दिनुभएको छ ।

प्यूठानको जुम्रीमा तथा बुटवल–पाल्पा पर्ने सिद्धार्थ राजमार्गमा गएको पहिरो हटाएर सडक सुचारु गर्ने विषयमा उहाँले नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डीआइजी उपाध्याय र सशस्त्रका लुम्बिनी प्रदेश प्रमुख नेम्वाङसँग जानकारी लिनुभएको हो ।

प्रहरी, सशस्त्र र स्थानीयको पहलमा अहिले पहिरो हटाएर सडक सुचारु गराउने काम भइरहेको डीआइजी उपाध्यायले बताउनुभयो ।

यता कास्कीको पोखरा महानगरापालिका–१६ डिहिगोपाटनमा अवस्थित लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका–१ का तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको र घाइते भएकाहरूबारे प्रजिअ आचार्यसँग गृहमन्त्री खाणले जानकारी लिनुभयो ।

घर पुरिएका सन्तोषकी दिदी सुनिता सुनार घाइते हुनुभएको छ । घाइते सुनिताको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको प्रजिअ आचार्यले बताउनुभयो ।

कास्कीमा परेको निरन्तरको वर्षाका कारणे पोखरा–१३ कमलपोखरीमा घरहरू डुबानमा परेका छन् । घरहरू डुबानमा परे पनि मानवीय क्षती भएको छैन । डुबानमा परेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको कास्की प्रशासनले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि
२०८३ कार्तिक ३०, सोमबार
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार