कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

महिला श्रृजनशील केन्द्रले काठमाण्डौंमा ‘श्रृजनशील उद्यमी मेला’ सञ्चालन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः महिला श्रृजनशील केन्द्रले पाँचदिने ‘श्रृजनशील उद्यमी मेला’को आयोजना गर्ने भएको छ ।

नेपालको सबैभन्दा ठूलो मेलाको रुपमा विगतका वर्षदेखि संचालन हुँदै आएको  १९ औँ ‘डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला-२०७९’ आयोजना हुने भएको हो।

काठमाडौंको वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरको चौथो तल्ला ‘डीइसीसी’मा  यहि श्रावण २७ गतेदेखी  ३१ गतेसम्म आयोजना हुन लागेको हो।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा महिला श्रृजनशील केन्द्रकी प्रमुख मिलु थापाले अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायलाई सीप सिकाइ उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्ने उद्येश्यले यस मेलालाई अवसरका रुपमा लिन सकिने बताइन् ।

उनले भनिन्, ‘यस मेलाले महिला दिदी बहिनीलाई आर्थिक रुपमा सबल बनाइ प्रविधिमैत्री वातावरणमा एक सफल उद्यमी बनाउने लक्ष्य लिएको छ।’

उनका अनुसार मेलामा १० वटाभन्दा बढी स्टल असहाय,अशक्त,अपाङ्ग र ग्रामिण क्षेत्रका पिछडिएका महिलालाई निःशुल्क प्रदान गरिएको छ।

आयोजकका अनुसार मेलामा विशेषतः घरेलु तथा हस्तकलाका सामाग्रीहरुको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तर्क्रिया कार्यक्रम,निःशुल्क स्वास्थ्य शिविर, फोटो सुट, मेहेन्दी आर्टलगायत हात खाली नहुने विशेष उपहारहरु राखिएको छ।

मेलामा काठमाडौँ महानगर, कीर्तिपुर नगरपालिका तथा चन्द्रागिरी नगरपालिकाको सहयोगमा केही स्टलहरु रहने छन्।

विगत दुई वर्ष कोरोना भाइरसका कारण मेला हुन नसकेको र यस वर्ष भने मेलामा १०० भन्दा बढी स्टलहरु हुने जानकारी आयोजकले दिएको छ। मेलामा २५ हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने लक्ष्य राखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि
२०८३ कार्तिक ३०, सोमबार
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार