काठमाण्डौंः लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ साङ्गीतिक लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक भएको छ ।
जनचेतानामूलकसहित अनेक गीतगायन, लेखन र सङ्गीतमा काम गर्दै आएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डिएआर मुभिजमार्फत सार्वजनिक भएको हो ।
काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सन्ध्या सानुको अभिनय छ । गीतको छायाङ्कन मुकेश हुमागाईँ र सम्पादन दीपक खड्काले गर्नुभएको छ ।
भिडियोमा हेर्नुहोसः
https://youtu.be/PmwQHrVoEZs
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया