कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अष्ट्रेलियामा आयोजना भएको सेना प्रमुखहरुको सम्मेलनमा सहभागि भई प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । यही साउन ९ गते देखि ११ गतेसम्म अष्ट्रेलियाको सिडनीमा आयोजित ‘बार्षिक चीफ्स अफ डिफेन्स’ (सिएचओडी) सम्मेलन-२०२२ मा सहभागी रहनु भएका सेनापति शर्मा शुक्रबार स्वदेश फर्किनु भएको छ ।

सम्मेलनका क्रममा सेनापति शर्माले अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा भएको थियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनापति शर्मा प्रधानमन्त्री तथा रक्षामन्त्रिस्तर निर्णय अनुसार घर विदा स्किृति गरी नौ दिन अष्ट्रेलियामा रहनु भएको थियो ।

सेनापति शर्मालाई नेपाली सेनाकाबलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नु भएको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको नेपाली सेनाले जनाएको छ । स्वदेश फिता हुनुभएका प्रधानसेनापति शर्मालाई शनिवार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सम्मान गारतसमेत अर्पण गरिएको छ  ।

अष्ट्रलियामा भएको सैनिक प्रमुखहरुको सम्मेलन तथा छलफल र अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना तथा नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध थप प्रगाड भई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास सेनाले लिएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि
२०८३ कार्तिक ३०, सोमबार
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार