श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

आधारशिलामा निवन्ध प्रतियोगिता सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीको नयाँबजारमा रहेको आधारशिला क्याम्पसको साहित्य विभागले विद्यार्थीहरुको क्षमता विकास गर्नका लागि भन्दै निबन्ध प्रतियोगिताको आयोजना गरेको छ ।

शनिबार राष्ट्रव्यापी रुपमा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय काठमाडांैमा कक्षा १२ मा अध्ययनरत बिनिता रिमाल प्रथम भएकी छिन् । बैदेशिक रोजगार र बौद्धिक पलायन भन्ने शिर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा संस्कृत मावि गोरखामा कक्षा १२ मा अध्ययनरत सुमिता लामिछाने दोस्रो र नेपाल प्रहरी विद्यालय काभ्रेमा कक्षा १२ मै पढ्ने अस्मिता कार्की तेस्रो भएकी छिन् ।

त्यस्तै अक्सर्फोड माध्यामिक विद्यालय काठमाण्डौका निर्मल रेग्मि तथा मण्डली मावि धादिङ ठूलखर्कमा अध्ययरत युनिता आलेमगरले चौथो स्थान हासिल गर्न सफल भएका थिए । निबन्ध लेखन प्रतियोगितामा २४ जना विद्यार्थी सहभागी थिए ।प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार तथा सान्त्वनाले १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको क्याम्पस प्रमुख समिर सिंहले जानकारी दिनुभयो ।

आधारशिला क्याम्पसमा नियमित रुपमा हुने साहित्यिक श्रृङखला अन्र्तगत राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको आधारशिला साहित्य विभागकी अध्यक्ष कौशिला रिसालले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई साहित्यमा सक्रिय बनाई उनीहरुलाई साहित्य लेखनमा रुची जगाउन तथा नव प्रतिभाहरुको खोजी गर्न निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष रिसालले बताउनुभयो ।

आधारशिला क्याम्पसका प्रवन्ध निर्देशक रमेश पौडेलले पढाई मात्रै नभई विद्यार्थीलाई सृजनशिल बनाउन तथा उनीहरुको लेखन क्षमता विकास गराउनको लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

कार्यक्रममा डा पुष्करराज भट्ट, प्राध्यापक छायादत्त न्यौपाने र नरेन्द्र नगरकोटीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । स्नातहतहसम्म अध्ययन हुने सो कलेजमा धादिङ, गोर्खा, नुवाकोट,काभ्रे लगायतका जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार
साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ
२०८३ श्रावण २९, शुक्रबार
काँग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला काठमाण्डौंमा शुरु
२०८३ श्रावण २९, शुक्रबार