कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

११ सदस्यीय प्रतिनिधिमण्डलसहित चार्टर्ड जहाजमा चीन उडे परराष्ट्रमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः परराष्ट्रमन्त्री डा. नारायण खड्का चार्टड विमानमार्फत् चीन भ्रमणमा प्रस्थान गरेका छन्।

उनी हिमालयन एयरलाइन्सको एयरबस ३१९ मा ११ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन उडेका हुन्। प्रतिनिधिमण्डलमा परराष्ट्रसचिव भरत पाैड्याल, वाणिज्य सचिवसहित ११ जना छन्। टोलीमा ९ पुरुष र २ महिला रहेको पनि स्रोतले जानकारी दिएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री खड्का चीन गएका हुन्। दुई नेताबीच कुइन जओमा भेटघाट कार्यक्रम हुनेछ। अमेरिकी सदनकी अध्यक्ष न्यान्सी पेलोसीले गत साता ताइवान भ्रमण गरेपछि उत्पन्न द्वन्द्वको परिस्थितिमा चिनियाँ राजदूत होउ यान्छीले नेपालको एक चीन नीतिको दृढताको प्रशंसा गर्दै नेपाल र चीनको एक अर्काको सुरक्षा, सार्वभौमसत्ता र अखण्डताको पक्षमा उभिन आग्रह गरेकी छन्।

शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेपछि पहिलाे उच्चस्तरीय भ्रमण भएको हो। यस भ्रमणमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे कुनै संवाद अगाडि बढ्ने सम्भावना नरहेको स्रोतले बतायो।

चीनले खड्का नेतृत्वको भ्रमणलाई उच्च महत्त्व दिएको स्रोतले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार