श्रावण १६, २०८३ शनिबार August 1, 2026

‘मिस्टर एन्ड मिस थारु’ मा २५ प्रतियोगी छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारु २०२२’ मा हालसम्म २५ प्रतियोगी छनोट भएका छन् ।

सात जिल्लाका प्रमुख सहरहरूमा सकिएको अडिसनबाट पुरुष र महिला गरी २५ जना छनोट भएका हुन् । गत २१ साउनमा चार र मंगलबार थप तीन जिल्लामा अडिसन सम्पन्न भएको छ ।

मंगलबार मोरङको विराटनगर, सिराहाको लहान र कैलालीको टिकापुरमा अडिसन सम्पन्न भएको हो । विराटनगर अडिसनबाट दुई पुरुष र एक महिला गरी तीनजना छनोट भएका छन् । छनोट हुनेमा प्रविनकुमार खाँ, विके दनुवार र स्वस्तिका चौधरी छन् ।

यस्तै लहान अडिसनबाट पनि तीनजना छनोट भएका छन् । छनोट हुनेमा रञ्जु चौधरी, सिम्रन चौधरी र भानु चौधरी छन् । टीकापुर अडिसनबाट नोयन्द्र चौधरी, उमंग चौधरी र बिना धमलवाहा थारु छनोट भएका छन् ।

गत शनिबार भएको झुम्का अडिसनमा १२ जना सहभागी भएकामा सविना चौधरी, बन्धना चौधरी र आशिष चौधरी छनोट भएका छन् । वीरगञ्ज अडिसनबाट मुस्कान चौधरी, निशा चौधरी र करिना चौधरी गरी तीनजना छनोट भएका छन् । चितवनको भरतपुरमा भएको अडिसनबाट सोनु महतो पंजियार, सुरेश दहित, रुपा चौधरी र स्मृति चौधरी थारु गरी चारजना छनोट भएका छन् ।

नेपालगञ्जमा अडिसनमा आशीष थारु, निशान थारु, अशोक थारु, लालबहादुर रत्गैया, भावना चौधरी र माया चौधरी गरी ६ जना छनोट भएको आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको अन्तिम अडिसन २८ साउनमा काठमाडौँ, बुटवल र दाङमा हुनेछ । यस अडिसनपश्चात छनोट भएकालाई काठमाडौंमै राखेर प्रशिक्षण दिइने प्रतियोगिता निर्देशक रुपेश चौधरीले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् । प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार