श्रावण १६, २०८३ शनिबार August 1, 2026

गायीका स्मृति गौतमको ‘अल्लारे माया-२’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काँठे लोक दोहोरी गायीका स्मृति गौतमको नयाँ गीति एल्वम ‘अल्लारे माया–२’ सार्वजनिक भएको छ। वरिष्ठ गायीका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा राजधानीमा आयोजित एक कार्यक्रममार्फत गीत विमोचन गरिएको हो।

यसअघि गायीका गौतम र गायक प्रताप दासको स्वरमा ‘अल्लारे माया’ बोलको गीत सार्वजनिक भएको थियो । सो गीतको सफलतापछि दर्शक र श्रोताको मायालाई कदर गर्दै आफूले अल्लारे माया–२ बजारमा ल्याएको कार्यक्रममा गौतमले बताइन्।

गौतमको जन्मदिनको अवसर पारेर गीत विमोचन कार्यक्रम आयोजना गरिएको थियो। विमोचन कार्यक्रममा राणाले मौलिक र मोर्डन दुवैको समिश्रणबाट बनेकोले रचना मन परेको बताउँदै सफलताको शुभकामना दिएकी थिइन्।

गायीका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, अल्लारे माया, सानी मायालु, लगायतका गीतहरु बजारमा उपलब्ध छन्। गौतम ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ बाट सम्मानित भएकी गायीका हुन्। ‘पानबुट्टे चोली’ नामक गितबाट उनले सर्वोत्कृष्ट काठे गायिकाको अवार्ड हात पारेकी थिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार