कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

पत्रकार जीवन भण्डारीको बाल गीत ‘मिठी पापा’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पत्रकार जीवन भण्डारीले लेखेको नयाँ बाल गीत ‘मिठी पापा’को भिडियो सार्वजनिक गरिएको छ ।

यो गीत व्यस्त वावु आमाले छोराछोरीलाई समय दिन नसकेको विषयमा केन्द्रीत छोटो चलचित्र ‘आराध्या’ को शीर्ष गीत हो । बालगायिका आरसिया साहको मिठो स्वर रहेको गीतमा संगीतकार विशाल निरौलाले संगीत तथा एरेन्ज गरेका छन ।

गीतमा वालवालिकाको चाहना र वावु आमाको आग्रहलाई समेटिएको छ । वाल्यकालदेखि नै वाल साहित्य सृजना गर्दै आएका पत्रकार भण्डारीका अरु पनि दर्जनौ वालसृजना छन् । पत्रकार भण्डारी अहिले राष्ट्रिय समाचार समितिमा उपसम्पादक र नेपाली रेडियो नेटवर्कमा समाचार निर्देशकका रुपमा कार्यरत छन् ।

चलचित्र र गीत दुवैमा चर्चित कलाकारहरु आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकी, सफलता भण्डारी, प्रान्जल पौडेल लगायतको अभिनय रहेको छ । गीत राम्रो इन्टरटेनमेन्ट युट्युव च्यानलमा राखिएको छ ।

दर्जनौ छोटा चलचित्र बनाइसकेका चलचित्रकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र आराध्या भने केहि दिनमा सार्वजनिक गरिनेछ ।

भिडियोमा हेर्नुहोस्ः

https://youtu.be/J7C4OwzqsVM

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार