काठमाण्डौः भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्माले बुधबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरेका छन्।
राजदूत शर्माले मन्त्री सीतारमणसँग सौहाद्रपूर्ण भेट गरेका हुन्। भेटका क्रममा मन्त्री सीतारमणसँग नेपाल र भारतबीचको सम्बन्ध सुदृढ गर्न वित्तीय, आर्थिक र बैँकिङ सुधारको सम्भावित क्षेत्रबारे कुराकानी भएको राजदूत शर्माले जानकारी दिएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया