काठमाडौं: नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाण्डौं उपत्यकामा प्रभाव न्यून देखिएको छ।
बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधन निर्वाधरुपमा आवतजावत भइरहेका छन् । सडक र चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीनवटै जिल्ला काठमाण्डौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ।
बिहान भने केहीस्थानमा बन्दकर्ताहरुले सवारी आवगमनमा अवरोध गर्ने प्रयास गरेका थिए। प्रहरीले १७ जना बन्दकर्ताहरुलाई विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया