कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

यी हुन् सञ्चार मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को प्रमुख उपलब्धिहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८/७९मा ७ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको जनाएको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्बद्ध निकायहरुबाट आर्थिक वर्ष २०७८/७९ मा सम्पादन भएका प्रमुख उपलब्धिहरुको सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

उनले मन्त्रालय र अन्तर्गतका निकायहरुबाट आर्थिक वर्ष २०७८/७९ मा कुल राजश्व ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार रुपैयाँ संकलन भएको बताए । उनले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा ८ अर्ब ३८ करोड रुपैयाँ रहेको पनि उल्लेख गरे ।

मन्त्री कार्कीले आ.व. २०७८/७९ मा कुल बजेटको ८०. ६१ प्रतिशत खर्च भएको पनि जानकारी दिए । उनले भने, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्वद्ध निकायहरुको आर्थिक वर्ष २०७८/७९ मा कुल विनियोजित बजेट ७ अर्ब ५६ करोड ३७ लाख रुपैयाँमध्ये चालु तर्फ ५ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ विनियोजन भएकोमा ८५.३ प्रतिशत खर्च भएको छ भने पुजिँगततर्फ १ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ विनियोजन भएकोमा ६७. २५ प्रतिशत खर्चगरी जम्मा ८०.६१ प्रतिशत खर्च भएको छ ।’

उनले थपे, ‘मन्त्रालय र अन्तर्गतका निकायहरुबाट आर्थिक वर्ष २०७८/७९ मा कुल राजश्व ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार संकलन भएको छ । यसै मन्त्रालय समेतको सहजीकरणका कारण नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा ८ अर्ब ३८ करोड रुपैयाँ प्रारम्भिक तथ्यांक रहेको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा १ अर्ब २६ करोड बढी हो ।’

मन्त्री कार्कीले सूचना तथा प्रशारण विभागबाट प्रदान गरिने कार्यहरु पूर्ण रुपमा अनलाइनमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको पनि बताए । उनले नागरिक एपको स्तरोन्नति गर्दै ४५ सेवालाई यस एपमा आवद्ध गरिएको जानकारी दिए ।

फिल्म क्षेत्रलाई गतिशील बनाउन सिनेमा, स्टोरी बैंक, सातै प्रदेशमा छायांकन स्थल र विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको उनको भनाइ छ । त्यस्तै, वरिष्ठ चलचित्र कलाकारहरुको सम्मानका लागि चलचित्रकर्मी परिचयपत्र तथा बीमा कार्यक्रम शुरु गरिएको उनले बताए ।

उनले सुरक्षण मुद्रणका लागि आवश्यक उपकरणसहितको मेसिन खरिद गरी जडान गरिएको र यसै आर्थिक वर्षबाट मुद्रण कार्य प्रारम्भ हुने बताए । मन्त्री कार्कीले ७३५ स्थानीय तहमा फोरजी सेवा बिस्तार भएको र हालसम्म १२ हजार २२४ कि.मि. अप्टिकल फाइबर बिस्तार गरिएको पनि बताए । उनले कुल जनसंख्याको ९१ प्रतिशतमा रेडियो नेपालको पहुँच र ७२ प्रतिशतमा टेलिभिजनको पहुँच पुगेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार