कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

पोखरा विमानस्थलका संरचनाको अधिकतम सदुपयोग गरौँ : वरिष्ठ नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल सञ्चालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग आग्रह गर्नुभएको छ ।

पोखराको विकास सन्दर्भमा आज एक प्रेस नोट जारी गर्दै उहाँले विमानस्थल भूमाफियाको कब्जामा जानबाट रोक्न र रङ्गीचङ्गी फूल, वनस्पति तथा हरियालीसहितको ‘बोटानिकल गार्डेन’ बनाउने कार्यमा अग्रसरता लिन पोखरा महानगरसँग आग्रह गर्नुभयो । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अहिलेको विमानस्थलको संरचना र जमिनमा व्यापारिक कम्प्लेक्स बनाउने तथा जमिन भाडामा लगाउने चर्चाकाबीच नेता पौडेलले यस्तो आग्रह गर्नुभएको हो ।

“हिमाल, तालतलैया, रमणीय प्रकृति, संस्कृति र जनजीवनले स्वर्गको टुक्राझैँ अनुभूत हुने पोखरामा बन्ने सुन्दर बोटानिकल गार्डेनले त्यहाँ पुग्ने पर्यटक घुम्ने थप गन्तव्य मात्र हुने छैन, यसले बढ्दो घना सहरीकरणसँगै खुला ठाउँको अभावको पूर्ति गर्नेछ, यसप्रकार जमिनको सदुपयोग, संरक्षण र प्रभावकारिता बढ्नेछ भने पर्यटकको बसाई लम्बाउन मद्दत गर्नेछ”, नेता पौडेलले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।

पोखरा विमानस्थलको जमिनको उच्चतम सदुपयोगका लागि यससँग सम्बद्ध सरकारी निकाय, गैरसरकारी निकाय, पर्यटन व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणा सरोकारवाला सबैमा सर्वपक्षीय छलफलका लागि उहाँले आह्वानसमेत गर्नुभएको छ । विश्वकै एक पर्यटकीय केन्द्रको पहिचान बनाएको र नेपालको पनि उत्तिकै  महत्वको गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा आउन लागिसकेको खबरले आफूमा  खुसी र उत्साह जगाएको नेता पौडेलले बताउनुभयो । विमानस्थलले पोखराको पर्यटकीय पहिचान र पर्यटक आगमनको दायरालाई अझै फराकिलो बनाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार