काठमाण्डौः सरकारले १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिने भएको छ। मन्त्रिपरिषद्को गत भदौ २१ गतेको निर्णयअनुसार १९ औं निजामती सेवा दिवसमा उक्त पुरस्कार दिन लागिएको हो।
आज १९ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । आन्तरिक राजश्व विभागका निर्देशक पदमकुमार श्रेष्ठ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका उपसचिव दीपकप्रसाद खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवालीलगायतले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका छन् ।
यस्तै ३० जना कर्मचारीलाई सरकारले निजामती सेवा पुरस्कार दिँदैछ । सहरी विकास तथा भवन निर्माण विभागका सहसचिव सुरेद्नमोहन श्रेष्ठसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिन लागिएको हो।
सूची हेर्नुस्:

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया