माघ २४, २०८२ शनिबार February 7, 2026

एकता गाउँसम्म पुग्न सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । पुर्व एमाले र पुर्व माओवादीबीच भएको पार्टी एकतालाई केन्द्रदेखी गाउँसम्म पुरयाउन निकै सकस उत्पन्न भएको छ । केन्द्रीय तहमा पार्टी एकिकरण भएपनि त्यसका भातृ संस्थाहरुमा अझै एकिकरण भएको छैन । भातृ संस्था मध्ये इन्जिनिरहरुको संस्थामा मात्रै एकिकरण भएको छ ।

अन्य संस्थाहरु,पत्रकार संघ, संगठन,मजदुर संगठन,विद्यार्थी संगठन, ,कर्मचारी संगठन लगायतमा एकता हुन बाँकी रहेको छ । भदौं ५ गतेभित्र एकता गरिसक्ने बताइएको भएपनि तत्काल त्यस्तो सम्भावना नदेखिएको नेताहरुले नै बताउन थालेका छन् । विगतमा पार्टी एकताका समयमा गरिएको भागबण्डाका आधारमा नै एकता हुने भएको छ ।

भित्री सहमति अनुसार एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत हिस्सा लिएर एकता गर्ने तयारी भएको छ । माओवादीले बराबरी हैसियतमा एकता हुनुपर्ने अडान राखेको भएपनि पछिल्लो समय अध्यक्ष दाहाल पछाडि हट्नु भएको छ ।

स्रोतका अनुसार भातृ संस्थाहरुदेखि जिल्ला, नगर गाउँ र वडा तहसम्म नै त्यहि अनुसार एकताको अन्तिम मोडल कार्यदललले तयार पारेको छ ।

कार्यदललले तयार पारेको मोडनमा नेताहरु सहमत भएपनि कुन ठाउँमा कसले नेतृत्व लिने भन्ने विषयमा भने सहमति हुन सकेको छैन । भातृ संस्थाहरुमध्ये पत्रकारहरुको संगठनमा एमालेले नेतृत्व लिने सम्भावना रहेको छ भने मजदुर संगठनमा माओवादीले नेतृत्व लिने विषयमा कुरा भैरहेको स्रोतको भनाई रहेको छ । हिजोको अवस्थामा जो जहाँ बलियो देखिएको थियो त्यहा त्यसैले नेतृत्व लिने विषयमा नेताहर सहमत रहेका छन् ।

जअ अनुसार विद्यार्थी,पत्रकार संगठनमा एमाले बलियो थियो भने मजदुर संगठनमा माओवादीको हावी रहेको थियो । सोहि अनुसार यस्तै विद्यार्थी संगठनमा भने पूर्व एमालेलेको भागमा पर्ने निश्चित जस्तै भएको छ । सहमति अनुसार एमालेले अध्यक्ष लिएको स्थानमा सचिव र सहसंयोजक माओवादीले लिनेर माओवादीले अध्यक्ष लिएको स्थानमा एमालेले दोस्रो पोजिसन लिने सहमति भएको छ । यस्तै प्रदेशमा पनि ४ र ३ को भागबण्डा हुने भएको छ भने जिल्लाको हकमा पनि ४० र ६० कै भागबण्डाको तयारी भएको छ । ७७ जिल्लामध्ये एमालेले एमालेले ४५ र माओवादीले ३२ जिल्ला संयोजक लिने सहमति भएको छ ।

सोहि अनुसार गाउँ र नगरमा पनि भागबण्डाको तयारी भएको छ । कार्यदलले यसका आधारमा सहमति कायम गरिसकेको हुनाले अब नेतृत्व लिन नेताकोमा पूर्व एमाले र पूर्व माओवादीका नेता तथा कार्यकर्ताहरुको दौड सुरु भएको छ । आफ्नो पार्टीको भागमा पर्ने नेतृत्वका लागि आफु निकटका नेताहरुको घरदैलोमा जिल्ला, प्रदेश र गाउँ तहका नेताहरुको भीड लागिसकेको छ । दुई वर्ष भित्र महाधिवेशन गरेर एकता प्रक्रिया टुङग्याउने भएकलो त्तकाल नताहरुको आशीर्वाका आधामा नेतृत्व छनोट हुने भएकाले कार्यकर्ता त्यसका लागि दौडधुपमा लागेका हुन । यस्तै दौड नुवाकोट ,रसुवा र धादिङमा पनि सुरु भएको छ ।

स्रोतका अनुसार धादिङमा जिल्ला कमिटिको नेतृत्व एमालेले लिने सम्भावना रहेको छ भने नुवाकोट र रसुवामा भने कसले लिने भन्ने विषयमा छलफल भैरहेको नेताहरुले बताएका छन् ।

जिल्ला नेतृत्व आफ्नो पक्षमा पार्न र आफुले नेतृत्व लिन जिल्ला तहका शीर्ष नेताहरु लागि परेको नुवाकोटका एक एमालेका नेताले नुवाकोट पुकारलाई बताए । पछिल्लो समयको तथ्याङकलाई हेर्ने हो भने नुवाकोट र धादिङमा एमाले बलियो देखिएको थियो । रसुवामा भने बराबरीको अवस्था देखिन्थ्यो । नुवाकोट पुकारबाट साभार 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ २४, शनिबार
आज शनिबार, शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् राशिफल
२०८२ माघ २४, शनिबार
सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला
२०८२ माघ २४, शनिबार
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना
२०८२ माघ २४, शनिबार
झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि
२०८२ माघ २३, शुक्रबार
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
२०८२ माघ २३, शुक्रबार
प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव
२०८२ माघ २३, शुक्रबार