काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेंटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेंटवार्ताका क्रममा नागरिकता विधेयक र मुलुकको समसामयिक बिषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा विचाराधीन छ । यसअघि राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गर्दा थापाले समर्थन गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया