काठमाण्डौंः सरकारले मन्त्रीपरिषदकाे निर्णय सार्वजनिक गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि नर्स उपलब्ध गराउने निर्णय गरेको हो। यस्तै बैठकले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले विज्ञापन बोर्डका लागि आर्थिक वर्ष २०७९/०८० का लागि अधिकृतस्तरका कर्मचारीहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।क्यानडाको ओटावामा २०७९ साल असोज १९ देखि २० गतेसम्म आयोजना हुने डिजिटल समीटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वीकृति दिएको छ।
दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।
मन्त्रीपरिषदका निर्णय :


प्रतिक्रिया