वैशाख ८, २०८१ शनिबार April 20, 2024

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हाल देशको अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती,  गण्डकी र  लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती,  गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित  मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको  महाशाखाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया