कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

मतदाता शिक्षा प्रभावकारी बनाउँदै निर्वाचन आयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सबै स्थानीय तहमा मतदाता शिक्षा सहजीकरण व्यवस्थापन समिति गठन गरी काम अगाडि बढाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज रेडियो नेपालसँग कुराकानी गर्नुहुँदै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई प्रभावकारी बनाउन सबै वडा, पालिका र जिल्लाहरूमा मतदाता शिक्षा सहजीकरण समिति गठन गरी कार्यक्रमहरू अगाडि बढाइरहेको बताउनुभयो ।

सबै वडास्तरमा वडा सचिव, पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएका समितिहरूमा आयोगले मतदाता शिक्षाका लागि आवश्यक सामग्रीहरु समेत पुर्‍याइसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।

निर्वाचन आयोगले मतदानलाई सहज बनाई मत बदर हुने दर घटाउन मत पत्रलाई सरल बनाएको र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै प्रत्यक्ष निर्वाचन तर्फको मतपत्र छपाई गरी मतपत्रमा जति जना उम्मेदवार हुन्छन् त्यति मात्रै निर्वाचन चिन्हहरू रहने व्यवस्था समेत मिलाएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार