कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

उपराष्ट्रपतिद्वारा नवदुर्गा मन्दिरमा पूजा तथा प्रसाद ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुन भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा जानुभई भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका तथा प्रसाद ग्रहण गर्नुभएको छ ।

विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुन भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा जानुभई भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका तथा प्रसाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्दै आए पनि राष्ट्रपति विद्यादेवी भण्डारी बिरामी भएर अस्पताल भर्ना भएपछि उहाँको अनुपस्थितिमा उपराष्ट्रपति पुन आज नवदुर्गा भवानीको मन्दिरमा सरिक हुनुभएको हो ।

उपराष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारीले नवदुर्गा भवानीको मन्दिरमा स्वागत गर्दै सङ्कल्प पूजा गरी नवदुर्गाको पूजा एवं टीका प्रसाद प्रदान गर्नुभयो ।

त्यस क्रममा उपराष्ट्रपतिले नवदुर्गा देवगणका मूर्तिहरू अवलोकन गरी दर्शन गर्नुभएको थियो । उपराष्ट्रपति पुनलाई नवदुर्गा देवगणका मूल पुजारी इन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो ।

त्यस क्रममा नवदुर्गा जात्रा व्यवस्थापन समितिका निवर्तमान सचिव एवं नवदुर्गा पूजा व्यवस्थापक रत्नमान वनमालाले उपराष्ट्रपति पुनलाई देवगणको समस्या र नवदुर्गाको मुकुट एवं मुकुन्डो निर्माणमा आएको समस्याबारे अवगत गराउनुभएको थियो । उपराष्ट्रपति पुनलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजु भवानीको फूल तथा प्रसाद प्रदान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार