कार्तिक ४, २०८३ बुधबार October 21, 2026

प्रधानमन्त्री ओलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ संक्रमणको आशंका, आज रिपोर्ट आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको आज (बिहीबार) आठौं दिन भएको छ। तर उनी अस्पतालबाट कहिले डिस्चार्ज हुन्छन्, अझै टुंगो लाग्न सकेको छैन।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको आज पिसाबको रिपोर्ट आउने उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

‘क्लेबसेला ब्याक्टेरिया’ संक्रमणको आशंका देखिएपछि प्रधानमन्त्री ओलीको पिसाबको कल्चर गर्न नमुना पठाइएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज त्यसको रिपोर्ट आउने चिकित्सकले बताएका छन्।

‘अस्पतालको शल्यक्रिया कक्षमा रहेको बिरामीको नियमित परीक्षण सामान्य कुरा हो,’ प्रेस सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य क्रमशः सुधार भइरहेको छ, कहिले डिस्चार्ज हुन्छ भन्ने कुरा त अहिल्यै कसरी भन्ने ?’

सुरुमा चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणको ५ देखि ७ दिनसम्ममा डिस्चार्ज गर्ने बताएका थिए।

पिसाब कल्चरको रिपोर्ट आज आएपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज कहिले गर्ने भन्नेबारे निर्णय हुने चिकित्सकको भनाइ छ।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा। दिव्यासिंह शाहले पिसाब पिसाबको कल्चर रिपोर्ट आएपछि मात्रै थप केही भन्न सकिने बताएकी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज बिजयादशमी : टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने
२०८३ कार्तिक ४, बुधबार
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार
आज बुधबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक ४, बुधबार
सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी
२०८३ कार्तिक ४, बुधबार
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार
पूर्वराजा ज्ञानेन्द्र शाहले सादगीपूर्वक दसैँ मनाउने
२०८३ कार्तिक ३, मंगलबार
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर
२०८३ कार्तिक ३, मंगलबार