कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

दाजुभाइको अंश विवादमा भाइ दोस्रोपटक आमरण अनसनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अंश मुद्दामा लामो समयदेखि न्याय नपाएको भन्दै एक दम्पत्ति उच्च अदालत जनकपुर राजविराज इजलास अगाडि दोस्रोपटक आमरण अनसनमा बसेको छ । राजविराज-४ का दिनेशप्रसाद साह र उनकी श्रीमती गौरी साह अदालतको मूल गेट अगाडि बिहीबार बिहान १० बजेदेखि दोस्रो पटक आमरण अनसनमा बसेका हुन् ।

सप्तरी जिल्ला अदालतबाट वादी दिनेशप्रसाद साहविरुद्ध उनका दाजु उमेशप्रसाद साह भएको २०६३ सालकोे अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजु भाईलाई ४र४ धुर जग्गा हुने गरी फैसला भएको थियो । तर, फैसला अझै कार्यान्वयन हुन नसकेको दिनेशको भनाइ छ ।

जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उनका दाजु उमेशले उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट निवेदन दिएछि फैसला कार्यान्वयन प्रक्रिया लम्बिएको हो ।

यसअघि गत असोज ६ गते पहिलो पटक अनसनमा बसेका साह दम्पत्तीलाई उच्च अदालतका न्यायाधीशले आउँदो असोज २७ गते हुने पेशीमा न्याय पाउने विश्वास दिलाएपछि सोही दिन साँझ अनसन तोडिएको साह दम्पत्तिले जानकारी दिए ।

उच्च अदालत जनकपुर राजविराज इजलाशका उपरजिष्ट«ार उज्जवल न्यौपानेले अदालतमा मुद्दाको चाप बढिरहेको र फौजदारी मुद्दालाई प्राथमिकतामा राखेर फैसला गर्नुपर्ने हुँदा साह दम्पतीका विषयमा प्रक्रिया अनुसार पालो आएपछि न्याय निरुपण हुने बताए । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८३ कार्तिक ३०, सोमबार