कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सञ्चार क्षेत्र खुसी पार्न उम्मेदवारको आश्वासन: सञ्चारकर्मीलाई पेन्सनदेखि तालिम र फेलोसिप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः राज्यको चौथो अंगको रुप मानिने पत्रकारिता क्षेत्रलाई रुपन्देहीका उम्मेदवारले विशेष प्रथमिकता दिँदै विभिन्न प्रतिबद्धता जनाइरहेका छन् ।

देशकै ध्यानाकर्षण रहेको रुपन्देहीको भैरहवामा केन्द्रीय स्तरका नेताहरू चुनावमा होमिएपछि सबै विषयलाई समेटेर योजना सार्वजनिक भइरहेका छन् ।

पाँच दलीय गठबन्धनबाट बालकृष्ण खाण र तीन दलीय तालमेलबाट दीपक बोहराबीच चुनावी प्रतिस्पर्धा चलिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले र जनता समाजवादीको साझा उम्मेदवारको रुपमा रहेका रुपन्देही ३ का उम्मेदवारले सञ्चार क्षेत्रमा विशेष काम गर्नेगरी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

तीन दलीय तालमेलका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा, प्रदेशसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव र तुलसी चौधरीको लागि मत माग्दै संयुक्त प्रचार प्रसार समितिले विभिन्न शीर्षकमा १३० बुदेँ प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिबद्धतापत्रको सूचना तथा सञ्चार शीर्षकमा प्रेसलाई पूर्ण स्वतन्त्र राखिने छ भने आमसञ्चारलाई व्यवसायिक र जिम्मेवार बनाइने उल्लेख छ । यसैगरी, प्रत्येक नागरिकमा आधुनिक सूचना तथा सञ्चारको पहुचमा वृद्धि गरिने छ भनी उल्लेख गरिएको छ ।

यसैगरी, लुम्बिनी प्रेस क्लबको भौतिक विकास र नेपाल पत्रकार महासंघको लागि आवश्यक सहयोग गरिने गरी योजना सार्वजनिक गरिएको छ । प्रतिबद्धतापत्रमा रुपन्देहीका पत्रकारहरूको लागि विकास र सुशासनसम्बन्धी पत्रकारिता तालिम तथा फेलोसिपको व्यवस्था गरिने उल्लेख छ । यस्तै, सार्वजनिक क्षेत्रमा फ्रि वाइफाई जोनको व्यवस्था गरिने उल्लेख छ।

प्रतिबद्धतापत्रमा सञ्चार क्षेत्रलाई राज्यकोषबाट विशेष सहयोगको व्यवस्था गर्दै यस क्षेत्रलाई मिडिया तथा अनुसन्धान केन्द्र स्थापना गरिने उल्लेख छ ।  प्रतिबद्धतापत्र मस्यौदा निर्माण समितिका संयोजक सिए शिबहरि शर्माले भैरहवामा पत्रकारिता अनुसन्धान प्रतिष्ठानको लागि सहयोग गर्ने तथा अग्रज पत्रकारको लागि सामाजिक सुरक्षा पेन्सन योजनामा सहयोग गरिने गरी सञ्चार क्षेत्रमा काम गर्ने योजना ल्याइएको बताए ।

संयुक्त निर्वाचन परिचालन समितिका रुपन्देही ३ (१) को सहसंयोजक अजयकुमार गुप्ताका अनुसार तीन दलीय तालमेलका साझा उम्मेदवार दीपक बोहोरालाई हलो, महेन्द्र यादवलाई छाता र तुलसी चौधरीको सूर्य चिन्हमा मतदान गर्न अपील गरेका छन् । उनले भने, ‘हामीले मिडिया मैत्री कार्यक्रम सार्वजनिक गरेका छौँ । राज्यको चौथो अंगको रुपमा रहेको मिडियाको विकास र निष्पक्ष तथा स्वतन्त्रताको लागि हाम्रो तर्फबाट पूर्ण ग्यारेन्टीको व्यवस्था गरेका छौँ ।’

उता, कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले सार्वजनिक गरेको ६७ बुदेँ संकल्पपत्रमा मिडियाको विषयमा कुनै पनि सम्बोधन नभएपछि पत्रकारहरूले नै प्रश्न उठाएका थिए । गृहमन्त्री समेत रहेका सत्ता गठबन्धनका उम्मेदवार  खाणले संचार क्षेत्रलाई संकल्प पत्रमा समेट्ने आश्वसन दिएका थिए ।

पत्रकारहरूले नै संकल्पपत्र सार्वजनिक कार्यक्रममा पाँच दलीय गठबन्धनले मिडियालाई सम्बोधन किन नगरेको भन्दै टिप्पणी गरेपछि त्यसलाई सम्बोधन गरिने मस्यौदा समितिका संयोजक प्राध्यापक सुदर्शन नेपालले बताएका थिए । रुपन्देहीको पत्रकारिता नेपालकै प्रमुख सूचीमा पर्ने भएकोले अन्य उम्मेदवार र दलहरुले समेत यसलाई समावेश गर्ने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८३ कार्तिक ३०, सोमबार