कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रदेश – १ का वनमन्त्री थापाको उपाचारका क्रममा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रदेश नम्बर १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।

उनी आगामी निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ (क)का प्रदेशसभाका उम्मेदवारसमेत थिए । मन्त्री थापाको उपचारकै क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो।

५८ वर्षीय थापा असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै उनी बिरामी परेका थिए । मन्त्री थापाको फोक्सोमा निमोनिया भएको पाइएको थियो । उनलाई सर्बप्रथम गत असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

त्यसपछि उनको त्यहाँ उपचार सम्भव नभएपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको थियो ।

ह्याम्समा २२ दिन जटिल उपचार गराई केही स्वास्थ्यमा सुधार देखिएपछि उनलाई फेरि नोबेल नै पठाइएको थियो । पुन: स्वास्थ्य जटिल बनेका उनको बुधबार उपचारकै क्रममा निधन भएको हो ।

मन्त्री थापा २०७४ सालको निर्वाचनमा समानुपातिक कोटाबाट प्रदेश सांसद बनेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८३ कार्तिक ३०, सोमबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ कार्तिक ३०, सोमबार