कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

डोटी भूकम्प अपडेटः ६ जनाको मृत्यु, ८ जना घाइते र १० घर पूर्णरुपमा क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गएराति डोटिस्थित खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु भई आएको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ मा ६ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार भूकम्पका कारण ८ जना घाइते भएका छन् भने १० घर पूर्णरुपमा क्षति भएको छ । ‘अछाम, बाजुरा, कैलाली जिल्लामा समेत केही घरमा क्षति पुगेको सुचना प्राप्त भएको छ,’ गृहले विज्ञप्तिमा भनेको छ ।

विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउने व्यक्तिहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनहरुमा समवेदना प्रकट गरिएको छ ।

‘तत्कालको खोज, उद्दार तथा राहतका लागि स्थानीय तहको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दा समेत परिचालन भई घाइतेहरुको उद्धार कार्य भई ६ जनाको स्थानीय अस्पतालमा र २ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल, धनगढीमा पठाइएको छ,’ गृहले भनेको छ ।

भूकम्पबाट भएको जनधनको क्षतिको विवरण संकलनको कार्य स्थानीय तहको समन्वयमा जिल्ला प्रशासन कार्यालय मार्फत भइरहेकोमा पूर्ण विवरण प्राप्त भएपछि जानकारी गराइने गृहले जनाएको छ ।

‘विपद्मा मृत्यु भएका परिवारलाई तथा पूर्ण तथा आंशिक घर क्षति भएकालाई राहत रकम तत्काल वितरण गर्ने प्रबन्ध मिलाउनुका अतिरिक्त घाइतेहरुको उपचारको व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गृहले भूकम्प प्रभावित क्षेत्रमा प्रदेश गोदाम घर घनगढीबाट एक ट्रक राहत सामाग्री पठाइसकिएको जानकारी गृहले दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८३ कार्तिक ३०, सोमबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ कार्तिक ३०, सोमबार