कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

काँग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि आज र भोली मनोनयन दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (क) मा मनोनयन दर्ता गर्नका लागि बिहीवार समय तय गरेको छ ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका शेखरचन्द्र थापाको निधन भएपछि बुधवार आयोगले उक्त दलका लागि उम्मेदवार आज बिहीवार मनोनयन दर्ता सहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

आयोगका उपसचिव ऋषिराम भुसालले नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी बिरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्था रहेकोमा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनय दर्ता गर्न पाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मोरङ जिल्ला प्रदेश सभा ३ अन्तर्गतको प्रदेश सभा क्षेत्र न १ का उम्मेद्वारको मुत्यु भएको छ । सोको लागि निर्वाचन आयोगले बिहीवार शुक्रवार निर्वाचन कार्यतालिका स्वीकृत गरेर सम्बन्धित निर्वाचन अधिकृतलाई पठाएको अवस्था छ । नेपाली काँग्रेसबाट उम्मेद्वारको मृत्यु भएको कारणले काँग्रेसबाट बिहीवार उम्मेद्वार मनोनय दर्ता हुन्छ । बिहीवार विहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेद्वार मनोनय दर्ता गर्नुहुन्छ । कात्तिक २५ गते ४ बजे निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिन्छ ।’

उपसचिव भुसालले बिहीवार विहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेद्वार मनोनय दर्ता गर्नुपर्ने बताउनु भयो । उहाँले कात्तिक २५ गते ४ बजे मनोनयन दर्ता भएका उम्मेद्वारलाई निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिएर मंसिर ४ गते नै निर्वाचन हुनेपनि स्पष्ट पार्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८३ कार्तिक ३०, सोमबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ कार्तिक ३०, सोमबार