कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने सर्वोच्चको आदेश (फैशल सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिदै उम्मेदवारी कायम राख्न आदेश दिएको हो ।

उम्मेदवार दर्तापश्चात् निर्वाचन आयोगले लाभको पदमा बसेर उम्मेदवार बनेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयपछि तोसिमाले सर्वाेच्चमा मुद्धा दर्ता गराएकी थिइन् ।

सर्वाेच्चको आदेशसँगै आदेश खारेजीको माग गर्दै आयोगका सचिव गोकर्णमणि दवाडीले सर्वोच्चमा भ्याकेट दिएका थिए । तर, उक्त निर्णयमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र श्रेष्ठको इजलासले तोसिमा लाभको पदमा रहेको मान्न नमिल्ने ठहर गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८३ कार्तिक ३०, सोमबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ कार्तिक ३०, सोमबार