श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

कांग्रेस बेलकोटगढी भेटघाटमा गुट अन्त्यको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका बेलकोटगढीका राजधानीमा रहेका अगुवा कार्यकर्ताहरुको भेटघाट कार्यक्रम  शुक्रबार राजधानीमा सम्पन्न  भएको छ ।

नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी ताथ महासमिति सदस्य रमेश महतको उपस्थितमा भएको कार्यकर्ता भेटबाट कार्यक्रममा कांग्रेस बेलकोटगढीमा अगुवाहरुको उपस्थिति रहेको थियो ।

अनौपचारिक रुपमा भएको कार्यक्रमलाई नेताहरुले कार्यकर्ताहरुको चासोका विषयमा सम्बोधन गरेका थिए । कार्यक्रममा अधिकांश कांग्रेस कार्यकर्ताहरुले नुवाकोटमा कांग्रे भित्रको गुटका कारण पार्टी पराजित भएको भन्दै नेताहरलाई त्यस्तो गुट अन्त्य गनृ दवाव दिएका थिए ।

पार्टीको हेरक कार्यक्रममा गुटको गन्ध आउने भन्दै त्यस्तो अवस्था जारी रहेको खण्डमा कांग्रेसले आगामी दिनमा धेरै ठुलो मुल्य चुकाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पार्टीमा बढेको गुटबन्धीका कारण आफु समेत चिन्तित भएको भन्दै कांग्रेसलाई बलियो बनाउन सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

आगामी दिनमा कांग्रेसलाई बलियो बनाउन कार्यकर्ताहरुको सक्रियाता जरुरी रहेको भन्दै पार्टीमा एक दुई जना मिलेर केही नहुने र सबै मिले जस्तोसकै परिस्थितिको पनि सामाना गर्न सकिनेमा जोड दिनुभयो ।

अर्का नेता तथा महासमिति सदस्य रमेश महतले पनि आगामी दिन सबै मिलेर जानुको विकल्प नभएको भन्दै नेताहरुले कार्यकर्ताको भावना बुझेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस महाधिवेशन प्रतिनिधि एसके नेपालले नताहरुबीच बेला बेलामा मिल्ने र फेरि फुट्ने प्रवृत्तिका कारण कार्यता नै अन्योलमा परेको भन्दै साच्चिकै नोतहरु मिलेको भए नुवाकोटका तीन जना शीर्ष नेताहरुलाई एउटै मञ्चमा  राखेर अघि बढ्न जिल्ला सभापतिलाई सुझाव दिनुभयो ।

भेटघाट कार्यक्रममा कांग्रेसका जिल्ला सचिव शिब दाहाल,पूर्व महाधिवेशन प्रतिनिधि बैकुण्ठ पाण्डे,कुमरीका सभापति लेखनाथ मुड्बरी, इन्द्र लामाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कांग्रेस युवा नेताहरु जयराम दाहाल,शुकदेव दाहाल,हिरा पाण्डे,सीता मिजार,भवानी देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार
साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ
२०८३ श्रावण २९, शुक्रबार
काँग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला काठमाण्डौंमा शुरु
२०८३ श्रावण २९, शुक्रबार