मंसिर २५, २०८० सोमबार December 11, 2023

कांग्रेस बेलकोटगढी भेटघाटमा गुट अन्त्यको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका बेलकोटगढीका राजधानीमा रहेका अगुवा कार्यकर्ताहरुको भेटघाट कार्यक्रम  शुक्रबार राजधानीमा सम्पन्न  भएको छ ।

नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी ताथ महासमिति सदस्य रमेश महतको उपस्थितमा भएको कार्यकर्ता भेटबाट कार्यक्रममा कांग्रेस बेलकोटगढीमा अगुवाहरुको उपस्थिति रहेको थियो ।

अनौपचारिक रुपमा भएको कार्यक्रमलाई नेताहरुले कार्यकर्ताहरुको चासोका विषयमा सम्बोधन गरेका थिए । कार्यक्रममा अधिकांश कांग्रेस कार्यकर्ताहरुले नुवाकोटमा कांग्रे भित्रको गुटका कारण पार्टी पराजित भएको भन्दै नेताहरलाई त्यस्तो गुट अन्त्य गनृ दवाव दिएका थिए ।

पार्टीको हेरक कार्यक्रममा गुटको गन्ध आउने भन्दै त्यस्तो अवस्था जारी रहेको खण्डमा कांग्रेसले आगामी दिनमा धेरै ठुलो मुल्य चुकाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पार्टीमा बढेको गुटबन्धीका कारण आफु समेत चिन्तित भएको भन्दै कांग्रेसलाई बलियो बनाउन सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

आगामी दिनमा कांग्रेसलाई बलियो बनाउन कार्यकर्ताहरुको सक्रियाता जरुरी रहेको भन्दै पार्टीमा एक दुई जना मिलेर केही नहुने र सबै मिले जस्तोसकै परिस्थितिको पनि सामाना गर्न सकिनेमा जोड दिनुभयो ।

अर्का नेता तथा महासमिति सदस्य रमेश महतले पनि आगामी दिन सबै मिलेर जानुको विकल्प नभएको भन्दै नेताहरुले कार्यकर्ताको भावना बुझेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस महाधिवेशन प्रतिनिधि एसके नेपालले नताहरुबीच बेला बेलामा मिल्ने र फेरि फुट्ने प्रवृत्तिका कारण कार्यता नै अन्योलमा परेको भन्दै साच्चिकै नोतहरु मिलेको भए नुवाकोटका तीन जना शीर्ष नेताहरुलाई एउटै मञ्चमा  राखेर अघि बढ्न जिल्ला सभापतिलाई सुझाव दिनुभयो ।

भेटघाट कार्यक्रममा कांग्रेसका जिल्ला सचिव शिब दाहाल,पूर्व महाधिवेशन प्रतिनिधि बैकुण्ठ पाण्डे,कुमरीका सभापति लेखनाथ मुड्बरी, इन्द्र लामाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कांग्रेस युवा नेताहरु जयराम दाहाल,शुकदेव दाहाल,हिरा पाण्डे,सीता मिजार,भवानी देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार