जेठ १६, २०८० मंगलबार May 30, 2023

नेपाल विद्यार्थी संघको म्याद तीन महिना थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको म्याद तीन महिना थप गरेको छ ।

संघको विधान अनुसार हरेक दुई वर्षमा अधिवशेन गर्नुपर्ने व्यवस्था भएपनि महाधिवेशन भएको दुई वर्ष भित्र संघको तत्कालिन निर्वाचित कार्यसमितिले महाधिवेशन गर्न असफल भएको थियो ।

कार्यसमिति असफल भएपनि पार्टीद्वारा गठन गरिएको सहजीकरण समितिले तीन महिनाको म्याद थप गरेको छ । कार्यकाल दुई वर्षको भएपनि विशेष अवस्थामा तीन महिना थप गर्न सक्ने प्रावधान रहेको छ ।

सोही प्रावधानका आधारमा समितिको म्यादथप गरिएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

संगठनभित्रको आन्तरिक किचलोका कारण दुई वर्षभित्रमा नै महाधिवेशन हुने व्यवस्था भएपनि सम्भव भएको थिएन ।

समयमा महाधिवेशन गर्न असफल भएपनि अध्यक्ष नैनसिंह महरलाई तीन महिना भित्र महाधिवेशन गराउने कार्यतालिकासहित केन्द्रमा बुझाउन निर्देशन दिईएकोथियो ।

सोही निर्देशनका आधारमा समितिले आफ्नो कार्यतालिका बुझाएको थियो  कार्यतालिका अनुसार महर नेतृत्वको समितिलाई महाधिवेशन गर्ने गरि मयाद थपिएको छ ।

महर नेतृत्वको समितिले तीन महिनाभित्र महाधिवेशन गर्न भनेको भएपनि तीन महिनाभित्र महाधिवेशन सम्भव नभएको स्वयं विद्यार्थी नेताहरुले नै बताउन थालेका छन ।

नेपाल विद्यार्थी संघका एक नेताले भने तीन महिनाभित्र सबै काम गरेर महाधिवेशन गर्न सम्भव देखिदैन । संगठनको विधान अनुसार तीन महिनामा महाधिवेशन गर्नसफल भए महर नेतृत्व स्वतअवैधानिक हुनेछ । त्यतिबेला केन्द्रले तदर्थ समिति मार्फत नेतृत्व सञ्चालन गर्ने व्यवस्था रहेको छ ।

विगतमा पनि नेपाल विद्यार्थी संघमा त्यस्तै अभ्यास भएको थियो र यो पटक पनितीन महिना पछि त्यस्तै अभ्यास दोहोरिने आशंका गरिएको छ ।

यद्यपि अध्यक्ष महरले भने मंसिरमा हुने महाधिवेशन अब कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया