श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

नेपाल विद्यार्थी संघको म्याद तीन महिना थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको म्याद तीन महिना थप गरेको छ ।

संघको विधान अनुसार हरेक दुई वर्षमा अधिवशेन गर्नुपर्ने व्यवस्था भएपनि महाधिवेशन भएको दुई वर्ष भित्र संघको तत्कालिन निर्वाचित कार्यसमितिले महाधिवेशन गर्न असफल भएको थियो ।

कार्यसमिति असफल भएपनि पार्टीद्वारा गठन गरिएको सहजीकरण समितिले तीन महिनाको म्याद थप गरेको छ । कार्यकाल दुई वर्षको भएपनि विशेष अवस्थामा तीन महिना थप गर्न सक्ने प्रावधान रहेको छ ।

सोही प्रावधानका आधारमा समितिको म्यादथप गरिएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

संगठनभित्रको आन्तरिक किचलोका कारण दुई वर्षभित्रमा नै महाधिवेशन हुने व्यवस्था भएपनि सम्भव भएको थिएन ।

समयमा महाधिवेशन गर्न असफल भएपनि अध्यक्ष नैनसिंह महरलाई तीन महिना भित्र महाधिवेशन गराउने कार्यतालिकासहित केन्द्रमा बुझाउन निर्देशन दिईएकोथियो ।

सोही निर्देशनका आधारमा समितिले आफ्नो कार्यतालिका बुझाएको थियो  कार्यतालिका अनुसार महर नेतृत्वको समितिलाई महाधिवेशन गर्ने गरि मयाद थपिएको छ ।

महर नेतृत्वको समितिले तीन महिनाभित्र महाधिवेशन गर्न भनेको भएपनि तीन महिनाभित्र महाधिवेशन सम्भव नभएको स्वयं विद्यार्थी नेताहरुले नै बताउन थालेका छन ।

नेपाल विद्यार्थी संघका एक नेताले भने तीन महिनाभित्र सबै काम गरेर महाधिवेशन गर्न सम्भव देखिदैन । संगठनको विधान अनुसार तीन महिनामा महाधिवेशन गर्नसफल भए महर नेतृत्व स्वतअवैधानिक हुनेछ । त्यतिबेला केन्द्रले तदर्थ समिति मार्फत नेतृत्व सञ्चालन गर्ने व्यवस्था रहेको छ ।

विगतमा पनि नेपाल विद्यार्थी संघमा त्यस्तै अभ्यास भएको थियो र यो पटक पनितीन महिना पछि त्यस्तै अभ्यास दोहोरिने आशंका गरिएको छ ।

यद्यपि अध्यक्ष महरले भने मंसिरमा हुने महाधिवेशन अब कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार
साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ
२०८३ श्रावण २९, शुक्रबार
काँग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला काठमाण्डौंमा शुरु
२०८३ श्रावण २९, शुक्रबार