कार्तिक १४, २०८३ शनिबार October 31, 2026

वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्म ‘कान्तरा’माथि गीत चाेरीकाे आराेप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बलिउड निर्देशक तथा कलाकार रिसब सेठ्ठीको फिल्म ‘कान्तरा’ले रिलिजको दिनदेखि नै बक्सअफिसमा तहल्का पिटिरहेको छ । यो वर्ष रिलिज भएका कन्नड फिल्ममध्ये यो फिल्मले वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्मको रेकर्ड राखिसकेको छ । थिएटरको सफलतापछि यो फिल्म ओटिटी प्लेटफर्ममा रिलिज भइसकेको छ ।

ओटिटीमा रिलिज हुनासाथ फिल्म विवादमा तानिएको छ । केरलाको सांगीतिक ब्याण्ड थाइकुडम ब्रिजले फिल्ममा प्रयोग गरिएको गीत ‘भराहा रुपम’ आफ्नो गीत ‘नवरसम’बाट चोरेको दाबी गरेको छ । उनीहरूले अमेजन प्राइम भिडियोविरुद्ध कानूनी कारवाही गर्ने चेतावनी दिएका छन् । ब्याण्डको चेतावनीपछि ओटिटी प्लेटफर्मले फिल्मबाट उक्त गीत हटाएको छ ।

केही समयअघि ब्याण्डले सामाजिक सञ्जालमार्फत आफूहरू ‘कान्तरा’सँग नजोडिएको जानकारी दिएको थियो । ‘फिल्ममा प्रयोग गरिएको ‘भराह रुपम’ र हाम्रो गीत ‘नवरसम’ मिल्दोजुल्दो छ । हामीले कानूनी प्रक्रिया अगाडि बढाइसकेका छौं’, ब्याण्डले भनेको छ । दर्शकले भने फिल्मको गीतलाई निकै मन पराएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अबको विकल्प उज्यालो नेपाल पार्टी हो, हाम्रो मत दस-बिस गुणा बढाउने लक्ष्य छ’ : कुलमान घिसिङ (अन्तवार्ता)
२०८३ कार्तिक १४, शनिबार
पूर्वाधार पूरा नहुँदै स्वास्थ्य संस्था उद्घाटन गर्न खोजेपछि बारामा झडप, एक युवा घाइते, १० वटा बाइक खरानी
२०८३ कार्तिक १४, शनिबार
‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ‘
२०८३ कार्तिक १४, शनिबार
नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
२०८३ कार्तिक १४, शनिबार
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार