कार्तिक १४, २०८३ शनिबार October 31, 2026

‘डेसान’ को आइ लभ युमा निशान र पुनमको रोमान्स (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ‘डेसान’ फिल्ममा समाबेश रोमान्टिक गीत ‘आइ लभ यु’ शुक्रबार सार्वजनीक गरिएको छ ।

प्रताप दास र प्रबिशा अधिकारीको स्वर,राजु थापाको शब्द,हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत युट्युव च्यानल पर्फमिङ आर्ट क्रिएसनमार्फत दर्शकमाझ ल्याइएको हो ।

कमल एक्चै मगर निर्देशीत फिल्मको गीतमा नवअभिनेता,अभिनेत्रीद्वय निशान चौहान र पुनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

अबको शुक्रबार अर्थात् २३ मंसिरबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्ममा पारिवारिक प्रेम, बिश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ ।

सामाजीक महामारीको कथाको रुपमा ब्याख्या गरिएको फिल्ममा निशान र पुनमका साथमा भोला सापकोटा,नम्रता सापकोटा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारुमगरलगायतको अभिनय छ ।

केही समयअघि सार्वजनीक फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।

चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अबको विकल्प उज्यालो नेपाल पार्टी हो, हाम्रो मत दस-बिस गुणा बढाउने लक्ष्य छ’ : कुलमान घिसिङ (अन्तवार्ता)
२०८३ कार्तिक १४, शनिबार
पूर्वाधार पूरा नहुँदै स्वास्थ्य संस्था उद्घाटन गर्न खोजेपछि बारामा झडप, एक युवा घाइते, १० वटा बाइक खरानी
२०८३ कार्तिक १४, शनिबार
‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ‘
२०८३ कार्तिक १४, शनिबार
नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
२०८३ कार्तिक १४, शनिबार
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार