असार ५, २०८३ शुक्रबार June 19, 2026

राप्रापको केन्द्रीय समिति भंग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति भंग गरिएको छ । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने प्रयोजका लागि भन्दै केन्द्रीय पदाधिकारीलाई सोमबारदेखि पदमुक्त गरिएको राप्रपाले जनाएको छ । संशोधित विधानको भावनानुरुप पार्टीलाई अघि बढाउन पदाधिकारी तथा केन्द्रीय समिति विघटन गरिएको हो ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संशोधित विधान परिमार्जनसहित अनुमोदन गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

नयाँ विधानअनुसार पार्टीको महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरिएको छ । केन्द्रीय कार्यसमिति भने २ सय ७७ सदस्यीय हुने व्यवस्था छ ।

प्रत्येक जिल्लाबाट कम्तीमा एक एकको केन्द्रीय कार्यसमितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी निर्वाचन हुने व्यवस्था छ । विधानमा उल्लेख भएका पदाधिकारीमध्ये ५० प्रतिशत महाधिबेशनबाट निर्वाचित हुने र ५० प्रतिशत अध्यक्षबाटमनोनयन हुने व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार