असोज ३, २०८३ शनिबार September 19, 2026

भक्तपुर कांग्रेसको कार्यसमिति विस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जिल्ला अधिवेशन भएको लामो समयपछि भक्तपुर कांग्रेसले कार्यसमिति विस्तार गरेको छ ।

काँग्रेस जिल्ला कार्यसमितिको आज बिहीबार सम्पन्न १६ औँ बैठकले उपसभापतिमा सहित जिल्ला सदस्यहरु मनोनित गरेको छ । उपसभापतिमा हरिप्रसाद नेपाललाई मनोनीत गरिएको कांग्रेस भक्तपुरले जनाएको छ ।

नेपाल कार्यसमितिका निर्वाचित सदस्य हुनहुन्छ । कांग्रेसको विधान अनुसार निर्वाचित सदस्यबाट मात्र सभपातिले पदाधिकारीमा प्स्ताव गर्नुपर्ने व्यवस्था रहेको छ ।

जिल्ला सभापति दुर्लभ थापाले प्रस्ताव गर्नुभएका नामहरु सर्वसम्र्वत रुपमा पारित गरिएको बताइएको छ । बैठकले समितिकोसचिवमा निशान ढुंगेल र सहसचिवमा किरण न्यौपानेको नाम सर्वसम्मत अनुमोदन गरेकोजिल्ला सभापति दुर्लभ थापाले जानकारी दिनुभयो ।

जिल्ला सभापति थापाले दिलकृण्ण

प्रजापति, गजेन्द्रशंकर तिमिला र विनोदप्रसाद कुइँकेललाई जिल्ला सदस्यमा मनोनयन

गर्नुभएको पनि जनाइएको छ । यसअघि रवीन्द्र प्रधान, सुशील बस्नेत र दयामान कर्माचार्य जिल्ला सदस्य हुनुभएको थियो ।

सभापति थापाले महासमिति सदस्य गणेशमान चक्रधर,बाबुराजा जोशी, रामेश्वरप्रसाद ढुंगेल, मदनकृष्ण श्रेष्ठ, रजनी जोन्छेंलगायतलाई स्थायी आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गर्नुभएको थियो ।

कांग्रेसको विधानमा अधिवेशन भएको दुई मिनहाभित्र कार्यसमिति विस्ता गर्नुपर्ने प्रावधान भएपनि कांग्रेसमा सहजै कर्यासमिति मनोनित भएका छैनन् ।

आन्तरिक गुटबन्धीका कारण केन्द्रमा समेत सभापति शेरबहादुर देउवाले अझै केन्द्रीय समिति र विभागलाई पुर्णता दिन सक्नु भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘संविधानका विभेदकारी प्रावधान सच्याउन पुनर्लेखनसम्म जानुपर्छ’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)
२०८३ असोज ३, शनिबार
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड
२०८३ असोज ३, शनिबार
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट सुरु
२०८३ असोज ३, शनिबार
पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
आज कागे अष्टमी पर्व मनाइँदै
२०८३ असोज ३, शनिबार
परिवारले मृत्यु स्वीकारे, राज्यको सूचीमा अझै बेपत्ता
२०८३ असोज ३, शनिबार