मंग्सिर १, २०८२ सोमबार November 17, 2025

प्रधानन्यायाधीशमा मिश्र सिफारिश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतका कायममुकामय प्रधानन्यायाधीश ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ ।

कामु प्रधानन्यायाधीश मिश्रलाई संवैधानिकपरिषद्ले बिहीबार सिफारिस गरेको छ । परिषद्को बैठकले मिश्रलाई सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिलेअनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । मिश्रलाई परिषद्ले गरेको सिफारिशका आधारमा सुनुवाइ समितिले अब अनुमोदन गर्ने छ ।

समितिले अनुमोदन गरेपछि राष्ट्रपतिसमक्ष नियुक्तिका लागि पठाइनेछ । यसअघि भनेदीपकराज जोशीका विषयमा समितिले चित्त बुझ्दो जवाफ नपाएको भन्दै अस्वीकृत गरेको

थियो । जोशीलाई अस्वीकृत गरेपछि राजनीतिक रुपमा सरकारले न्यायालयमा हस्तक्षेप गरेको भन्दै समितिको समेत आलोचना भएको थियो । उता जोशी भने लगातार बिदामा हुनुहुन्छ ।

उहलो १५ दिनको बिदामा थप ६ दिन थपेर घरमा बस्नु भएको छ । त्यसपछि भने उहालेलिने निर्णयका विषयमा भने अन्योल छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
२०८२ मंग्सिर १, सोमबार