श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘रिसाउ बरु सहन्छु’ मा शान्ती र प्रिन्सको अन्स्क्रिन प्रेम र रोमान्स (भिडियो सहित)

प्रेमिल शैलीको ‘रिसाउ बरु सहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रेमिल शैलीको ‘रिसाउ बरु सहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा लोकप्रिय गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ र अमेरिका निवासी गायिका शान्ती गजमेर सुनारको युगल स्वर सुन्न सकिन्छ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यसमा शब्द नवराज भुमरी आचार्यको रहेको छ भने संगीत स्वयम् गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को रहेको छ। यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायिका शान्ती गजमेर सुनार र प्रिन्स बिश्वकर्मा फिचर्ड छन्।

कालिञ्चोक वरपरका रमणीय दृश्य समेटिएको भिडियोमा यस भिडियोमा शान्ती र प्रिन्स बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।

सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। प्रनव सुनार निर्माता रहेको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया