श्रावण १८, २०८३ सोमबार August 3, 2026

शम्भु र एलिनाको ‘अन्त नजर’ मा कमल र अलिसाको रोमान्स (भिडियो सहित)

कमल सिंह र अलिसा बास्तोलाको अभिनय रहेको गीतमा सिनेम्याटोग्राफर उत्सब दाहालको छायांकन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकप्रिय गायिका एलिना चौहान र शम्भु श्रेष्ठको स्वर रहेको ‘अन्त नजर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

रमणीय स्थल पाइलट बाबामा निकै नै मेहेनत गरेर छायांकन गरिएको गीतमा गायक श्रेष्ठकै शब्द शृजना रहेको छ । जसमा लोकप्रिय संगीतकार भिम बिसीको संगीत रहेको छ ।

कमल सिंह र अलिसा बास्तोलाको अभिनय रहेको गीतमा पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएका सिनेम्याटोग्राफर उत्सब दाहालको छायांकन रहेको छ भने दिनसन शाहको सम्पादन र कलरिगं रहेको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया