श्रावण ३०, २०८३ शनिबार August 15, 2026

दुई दिन शैक्षिक संस्था बिदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राजधानीमा भोलिबाट सुरु हुन लागेको बिम्स्टेकको चौथो शिखर सम्मेलनलाई मध्यनजर राख्दै सरकारले दुई दिन उपत्यकाका शैक्षिक संस्थालाई बिदा दिने निर्णय गरेको छ ।

सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयको सुरक्षा महाशाखामा मंगलबार बसेको सम्बन्धित निकायको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनलाई सहजरुपमा सम्पन्न गर्न शिक्षा मन्त्रालयको सिफारिशको आधारमा भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधनलाई भने जोर–बिजोर प्रणाली लागू नगर्ने निर्णयसमेत गरेको छ ।

बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने छन् । यसैबीच राजधानीमा जोर बिजोर नम्बर चलाउने व्यवस्था मिलाएपछि उपत्यकाको वातावरण शान्त भएको छ । बिहानै आज विजोर नम्बरमा सार्वजनिक सवारी साधन चलेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल
२०८३ श्रावण ३०, शनिबार
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
२०८३ श्रावण ३०, शनिबार
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
२०८३ श्रावण ३०, शनिबार
पहिरो प्रभावित बस्ती सार्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ श्रावण ३०, शनिबार
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
२०८३ श्रावण ३०, शनिबार
अन्डर–१७ फुटबलको उपाधि बुढासुब्बा युथ क्लबलाई
२०८३ श्रावण ३०, शनिबार