वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

दुई दिन शैक्षिक संस्था बिदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राजधानीमा भोलिबाट सुरु हुन लागेको बिम्स्टेकको चौथो शिखर सम्मेलनलाई मध्यनजर राख्दै सरकारले दुई दिन उपत्यकाका शैक्षिक संस्थालाई बिदा दिने निर्णय गरेको छ ।

सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयको सुरक्षा महाशाखामा मंगलबार बसेको सम्बन्धित निकायको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनलाई सहजरुपमा सम्पन्न गर्न शिक्षा मन्त्रालयको सिफारिशको आधारमा भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधनलाई भने जोर–बिजोर प्रणाली लागू नगर्ने निर्णयसमेत गरेको छ ।

बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने छन् । यसैबीच राजधानीमा जोर बिजोर नम्बर चलाउने व्यवस्था मिलाएपछि उपत्यकाको वातावरण शान्त भएको छ । बिहानै आज विजोर नम्बरमा सार्वजनिक सवारी साधन चलेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार