श्रावण १८, २०८३ सोमबार August 3, 2026

पठानले बलिउडमा फेरेको ५ विषय

‘पठान’ पछि साहरुखको ‘जवान’ र ‘डंकी’ पनि रिलिज हुने तयारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिल्म थिएटरमा यतिबेला तिहारको जस्तो माहोल छ । यसको प्रमुख कारण शाहरुख खान र उनको प्रदर्शनरत फिल्म ‘पठान’ हो । चार वर्षपछि पर्दामा हिरोको भूमिकामा कमव्याक गरेका शाहरुखको यो कमव्याकलाई  कुनै बलिउड स्टारको सबैभन्दा सानदार कमव्याकका रुपमा लिइएको छ । तर जसरी थिएटरमा शाहरुख प्रति क्रेज बढेको छ, त्यसलाई हेर्दा शाहरुख सिल्भर स्क्रिनबाट कतै टाढा गएका थिए भन्ने लाग्दैन ।

फिल्मले रिलिजको तीनदिनमै विश्वव्यापी रुपमा तीन सय करोडको ग्रस कलेक्सन गर्‍याे । भारतमा मात्रै फिल्मको नेट कलेक्सन तीन दिनमा १५० करोड पार छ । शाहरुखको कमव्याक फिल्मले कोरोना महामारीपछि जुधिरहेको बलिउडको बक्सअफिसमा राम्रो दिन त देखाएको छ नै, तर लकडाउनपछिको समयमा ‘पठान’को सफलताले विशेषत पाँच कुरालाई फेरिदिएको छ ।

जिउँदो स्टारडम   

सन् २०१८ तर्फ एकपटक फर्कौं । फिल्म ‘जीरो’ फ्लप भएपछि सबैभन्दा ठूलो प्रश्न शाहरुखको स्टारडममाथि उठेको थियो । त्यो समयमा ‘शाहरुखको समय सकिएको र ३० वर्षपछि अब सहायक चरित्रमा आउनुपर्ने आवश्यकता छ’ सम्म भनियो । लकडाउनपछि बक्सअफिसमा जुधिरहेको बलिउडलाई देखेर धेरै बहसमा सुपरस्टारवाला समय अब सकिएको कुरा पनि उठाइयो ।

यसको जवाफ ‘पठान’को एक दृश्यले मात्र दिन्छ । जसमा शाहरुख खान र सलमान खान छन् । स्क्रिनमा दुवै स्टार आएको तस्वीर र भिडियो, प्रोडक्सन हाउसले रोक्दा रोक्दै पनि सामाजिक सञ्जालमा निकै भाइरल भइसकेको छ । जसले फिल्म हेरेको छैन, उसले पनि यो दृश्यबाट मनोरञ्जन लिइरहेको छ । अर्थात फिल्ममा शाहरुख आफ्नो भूमिकाका लागि मात्रै ‘जिउँदा छन्’ भन्ने संवाद बोलिरहेका छैनन्, जबकि यो उनको स्टारडम, उनका फ्यानडमका लागि पनि हो ।

बलिउडको साथमा जनता

लकडाउनपछि तेलुगू, कन्नड र तालिम फिल्मको हिन्दी भर्सनले बक्सअफिसमा बलिउडलाई राम्रो टक्कर दियो । ‘ब्रह्मास्त्र’को रिलिजअघिसम्म त साउथ फिल्मबाट आइरहेको बक्सअफिसको सुनामीको जवाफ बलिउडसँग छैन भन्ने कुरा पनि उठेको थियो । साउथ फिल्म हिन्दी भाषी दर्शकको पनि पहिलो रोजाईमा छ भन्ने चर्चा थियो ।

‘पठान’ले तीन दिनमै सुपरस्टार र धमाकेदार स्क्रिन एक्सपीरियन्सको राम्रो कम्बिनेसनले सारा गणित बदल्न सकिन्छ भन्ने देखायो । अवस्था यो छ कि साउथमा पनि ‘पठान’को डबिङ भर्सन सीमित पर्दाका बाबजुद पनि राम्रो कमाई गरिरहेको छ । यसले जनता धमाकेदार फिल्मको साथमा छन् भन्ने कुराको पुष्टि गरेको छ । चाहे त्यो साउथबाट आएको होस् या बलिउडबाट । दर्शकहरु फिल्मलाई प्रेम र घृणाको नजरले नभई मनोरञ्जनको नजरले हेरिरहेका छन् प्रमाण ‘पठान’ले दिएको छ ।

मध्यम बजेट फिल्मको ओटीटी सहारा

‘पठान’को ठूलो सफलताले एउटा कुरा निश्चित यो भएको छ कि जनतालाई थिएटरमा ठूलो स्क्रिनमा धमाकेदार मसला चाहिएको छ । आयुष्मान खुराना जस्ता स्टारको मध्यम बजेटवाला सेगमेन्टले अब स्क्रिनमा केही संघर्ष गर्नुपर्नेछ । यो कुरा उनकै पछिल्लो फिल्म ‘एक्न एक्सन हिरो’ले देखाएको छ । जसको समीक्षा राम्रो थियो, तर कमाई चाहिँ धेरै कम ।

विस्तृतमा हेर्ने हो भने मामलामा ठूलो बजेटको नभई अनुभवको कुरा हो । अधिक संवाद, धमाकेदार एक्सन, ठूलो सेट र बढी खर्च भएको हिरो लकडाउनपछिको सिनेमा फ्लेभर हो । सटल फ्लेवरवाला रोमान्टिक कथा हालका लागि आउट अफ फेसन भइसकेको छ । अब दर्शक ग्राण्डलाई ब्राण्ड बनाउँदैछन् ।

बायकटको बायकट

कोभिड १९ को भाइरस विस्तारै विश्वबाट हराउँदै जाने अवस्थामा छ । तर, लकडाउनपछि एक भाइरसले बलिउडलाई छोड्ने मुड बनाएकै छैन । त्यो हो–वायकट भाइरस । लकडाउनपछि रिलिजका लागि तयार भएका हरेक फिल्मलाई लिएर सामाजिक सञ्जालमा बायकट अभियान चल्यो । आमिर खानको कमव्याक फिल्म ‘लाल सिंह चड्डा’को मामलामा यो सफल पनि देखियो । लकडाउनपछि सबैभन्दा ठूलो बलिउड हिट ‘ब्रह्मास्त्र’लाई पनि बायकट अभियानले थोरै असर गर्‍याे ।

‘पठान’को समयमा पनि दीपिकाको बिकिनीको रंगलाई लिएर विवाद भयो र फिल्मलाई बायकट अभियान चल्न थाल्यो । तर पहिलो दिन नै हिन्दी भर्सनमा भारतमा ५५ करोड रुपैंयाँ कमाएर फिल्मले यो अभियानलाई तगडा जवाफ दियो । फिल्मको कमाईमा यो बायकट अभियानले एक छेउ पनि असर गर्न सकेन । बरु ठीकविपरीत शाहरुख खानका फ्यान बायकट आव्हानपछि अझ बढी फिल्म हेर्न थिएटर पुगे ।

बक्सअफिसको ठूलो साइज

आमिर खानको ‘पीके’ले पहिलोपटक बलिउडलाई बक्सअफिसमा ३ सय करोडको आँँकडालाई सजिलै पार गर्न सकिन्छ भनेर देखायो । आमिरको २०१६ को फिल्म ‘दंगल’ ३ सय ८७ करोड कमाएर आजसम्म बलिउडको सर्वाधिक कमाउने फिल्मको उच्च स्थानमा छ । जबकी यी बीच ‘केजीएफ च्याप्टर २’ र ‘बाहुबली २’को हिन्दी भर्सन चार सय करोड र पाँच सय करोडभन्दा अगाडि पुगिसकेको छ ।

‘पठान’ ले तीन दिनमै १५० करोड पार गरिसकेको छ र पाँच दिनपछि साप्ताहिक कलेक्सन २ सय २५ करोडसम्म पुग्ने अनुमान गरिएको छ । विज्ञलाई भने फिल्मले ४ सय करोडको आँकडा पार गर्ने आशा छ । सोमबारको फिल्मको कमाईले यो सम्भावनाको टुंगो लगाउनेछ ।

यो वर्ष शाहरुख एक्लै ३ फिल्म लिएर आउँदैछन् । ‘पठान’ पछि उनको ‘जवान’ र ‘डंकी’ पनि रिलिज हुनेछ । सलमान खान ‘पठान’को केमियो पछि ‘भाई जान’ र ‘टाइगर ३’ जस्ता ठूला बजेटको फिल्म ल्याउँदैछन् । यी दुईका साथ सन् ९० को दशकदेखि नै स्टारडमको झण्डा बोकिरहेका अभिनेता अजय देवगन पनि ‘भोला’ र ‘मैदान’सँगै देखिँदैछन् । जबकी अक्षयसँग पनि ‘बडे मिया छोटे मिया’ जस्ता ठूलो एक्सन फिल्म छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार