श्रावण १८, २०८३ सोमबार August 3, 2026

अभिनेता कमल हासन हेलिकप्टरबाटै सुटिङस्थल पुगेपछी सबै चकित

हेलिकप्टरबाटै सुटिङस्थल पुग्छन् कमल हासन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साउथ र हिन्दी फिल्मका प्रख्यात अभिनेता कमल हासन हालका दिनमा सफल यात्राको उत्सव मनाइरहेका छन् । उनको फिल्म ‘विक्रम’ले बक्सअफिसमा ४ सय करोड रुपैंयाँको व्यापार गरेपछि उनको हाउभाउमा निकै परिवर्तन आउन थालेको छ । यी अभिनेताले अहिले पुरानै शैली अपनाउन थालेका छन् ।

यसको उदाहरण हालैको घटनालाई सम्झिए पुग्छ । फिल्म ‘इण्डियन २’को सुटिङका लागि उनी हेलिकप्टरबाटै सुटिङस्थलमा पुगेका थिए । उनी तिरुपतिबाट गडिकोटा हेलिकप्टर चढेरै पुगेका थिए । कमल निकट स्रोतका अनुसार उनी अहिले दैनिक रुपमा हेलिकप्टरबाटै सुटिङस्थल पुग्छन् ।

कमलले ‘इण्डियन २’को सुटिङका लागि हेलिकप्टर लिएर पुगेको तस्वीर आफ्नो इन्स्टाग्राममा राखेका छन् । ‘मेरो लोकेसन थाहा पाउनु निकै सजिलो छ’, उनले लेखेका छन् । तस्वीरमा हेलिप्याडको अगाडि कमल उभिएका छन् ।

‘विक्रम’को उत्कृष्ट सफलतापछि कमल जसै एकपटक पुनः खुलेर मैदानमा आएका छन् । उनी न त सरकारविरुद्ध एक राजनीतिक पार्टीलाई समर्थन गर्न हिचकिचाउछन् । न त आफ्नो बिलासी जीवनलाई सार्वजनिक रुपमा देखाउन पछि हट्छन् । हेलिकप्टरलाई पनि आम गाडीकै जस्तो गरेर प्रयोग गर्न थालेपछि कमलको शैलीबाट सबै चकित परेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार