श्रावण १८, २०८३ सोमबार August 3, 2026

च्याम्पियनमा आमिर र सलमानको जुगलबन्दी

आमिरले निर्माण गर्न लागेको फिल्म ‘च्याम्पियन्स’मा सलमान प्रमुख भूमिकामा देखिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः करिब २९ वर्ष अघि सन् १९९४ मा रिलिज फिल्म ‘अन्दाज अपना अपना’मा आमिर खान र सलमान खानको कमेडी जुगलबन्दीलाई दर्शकले निकै रुचाएका थिए । उनीहरुको अभिनय, कमेडी, कमिक टाइमिङ उत्कृष्ट थियो । अब यो जोडी पुनः दर्शकमाझ आउने भएको छ ।

आमिरले निर्माण गर्न लागेको फिल्म ‘च्याम्पियन्स’मा सलमान प्रमुख भूमिकामा देखिँदैछन् । आमिरले अभिनय नगर्ने यो फिल्म स्पेनिस फिल्मको हिन्दी रिमेक हो । यसअघि आमिरले हलिउड फिल्म ‘द फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्डा’ बनाए पनि बक्सअफिसमा यो फिल्म असफल भइसकेको छ ।

आमिर ‘लाल सिंह चड्डा’ पछि ‘च्याम्पियन’ बनाउने तयारीमा थिए । तर बक्सअफिसमा ‘लाल सिंह चड्डा’ फ्लप भएपछि आमिरले अभिनयबाट नै ब्रेक लिए । आमिर अब अभिनय भन्दा पनि निर्माणबाट भाग्य चम्काउन चाहन्छन् । त्यहीकारण सलमानलाई लिएर उनले ‘च्याम्पियन’ बनाउन लागेका हुन् ।

आमिर खान प्रोडक्सनको व्यानरमा बन्ने फिल्ममा आरएस प्रसन्नाको निर्देशन रहनेछ । फिल्मका लागि आमिरले सलमानसँग प्रारम्भिक छलफल गरिसकेका छन् । आमिरले आरएससँग मिलेर ६ महिनाअघिदेखि स्क्रिप्टको काम गरिरहेका छन् । ‘लार्जर देन लाइफ ड्रामा’ शैलीमा बन्ने फिल्मका लागि सलमान नै उपयुक्र्त हुनेमा आमिर ढुक्क छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार