श्रावण १८, २०८३ सोमबार August 3, 2026

अवतार-३ मा चार्ली च्याप्लिनकी नातिनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिल्म ‘अवतार द वे अफ वाटर’ गत वर्ष १६ डिसेम्बरमा रिलिज भयो । फिल्मले गत वर्ष रिलिज भएर सर्वाधिक कमाउने फिल्मको चौथो स्थानमा आफूलाई उभ्यायो । फिल्मले विश्वस्तरमा २ दशमलब १३ बिलियन डलर कमाई गरेको थियो ।

हालैमात्र फिल्मका निर्देशक जेम्स क्यामरुनले ‘अवतार ३’ र ‘अवतार ४’को सुटिङ पुरा गरेको बताएका छन् । उनले भविष्यमा ‘अवतार ५’ पनि बन्न सक्ने जनाउ दिएका छन् । यही बीचमा फिल्मका निर्माता जोन लेन्डोले ‘अवतार ३’मा चार्ली च्याप्लिनकी नातिनीले अभिनय गर्ने गरेका छन् ।

‘‘अवतार ३’मा नावीको नयाँ रेसको बारेमा देखाइनेछ । जसको धेरै विरोधी हुने सम्भावना छ । यसमा चार्ली च्याप्लिनकी नातिनी ओना च्याप्लिनले पनि महत्वपूर्ण भूमिका निभाउनेछिन्’, जोनले भनेका छन् ।

सन् २०१८ मा च्याप्लिनले ‘अवतार’ फ्रेञ्चाइजीको तारिफ गरेकी थिइन् । उनले यसलाई ‘ट्रोजन हर्स फिल्म’का रुपमा बताएकी थिइन् । जोनले फिल्मको चौथो फ्रेञ्चाइजीमा समयको ठूलो छलाङ देखाउने खुलासा पनि गरेका छन् । ‘जसले दर्शकलाई ‘अवतार ५’ तिर लैजानेछ । जुन फिल्म धर्तीमा बनेको हुनेछ’, उनले भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार