वैशाख २५, २०८१ मंगलबार May 7, 2024

कांग्रेससहित प्रतिपक्ष दलको बैठक सिंहदरवारमा बस्दै

एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा काँग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभा उपाध्यक्षको चयनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बैठक ११ बजेका लागि बोलाएको छ ।

शनिवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरुको बैठक आब्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।

नेकपा एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहिवार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराईसकेको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसहमत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो । तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा कांग्रेस भने पुगिसकेको छैन । सत्तारुढ दलले पनि यसवारेमा निर्णय लिईसकेका छैनन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया