असार २४, २०८२ मंगलबार July 8, 2025

वाग्मती प्रदेशमा कोरोना रोकथाम गर्न नौ करोड ९३ लाख निकासा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा । वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई रु नौ करोड ९३ लाख निकासा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारले भरतपुर कोरोना विशेष अस्पताललाई रु एक करोड, रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई रु २० लाख, धुलिखेल नगरपालिकामार्फत धुलिखेल अस्पताललाई रु २० लाख, सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई रु तीन करोड ७७ लाख, हेटौँडा अस्पताललाई रु ५१ लाख, भक्तपुर अस्पताललाई रु ४१ लाख, धादिङ अस्पताललाई रु ३१ लाख, त्रिशूली र सिन्धुली अस्पताललाई पनि रु ३१/३१ लाख निकासा गरेको हो ।

त्यसैगरी स्वास्थ्य निर्देशनालयलाई रु २२ लाख, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई रु २२ लाख, चौतारा अस्पताललाई रु २१ लाख गरी कूल रु नौ करोड ९३ लाख निकासा गरिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार