वैशाख २५, २०८१ मंगलबार May 7, 2024

राष्ट्रियसभा समितिका सभापति चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । माथिल्लो सदनको रुपमा रहेको राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका सभापतिहरु निर्विरोध चयन भएका छन् । विषयगत समितिको आज बसेको बैठकमा सभापतिहरूको निर्विरोध चयन भएको थियो ।

जसअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिंडारी निर्विरोध निर्वाचित हुनुभएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सर्वसम्र्वत रुपमा निर्वाचित सभपातिहरुले आज नै शपथ लिनुभएको हो ।

बाँकी एक दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया