असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङद्धारा ३ करोड सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

गैरआवासीय नेपालीहरु शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

‘यात्रामा भइरहेको अवरोधका कारण हामी स्वयं उपस्थित हुन नसकेको हुँदा हाम्रा प्रतिनिधिहरुले सो रकम हस्तान्तरण गर्नुभएको छ,’ फाउण्डेसनका अध्यक्ष शेष घलेले भन्नुभयो ‘आशा छ यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परिक्षण, निगरानी र उपचार लागि खर्च गर्न सदुपयोग गर्ने छ ।’

यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो ।

अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्त हुने विश्वास व्यक्त गरेका छन । देश तथा देशवासीहरु हरेक दुःख तथा समस्याका घडीमा फाउण्डेसन सदैव आफूले सकेको हरेक सहायताको लागि तत्पर रहने अध्यक्ष घलेले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार