काठमाण्डौंः मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषणा गरेको लकडाउनको समयावधि १५ वैशाखसम्म कायम गरेको थियो ।
विश्व महामारी कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।
प्रतिक्रिया