श्रावण १८, २०८३ सोमबार August 3, 2026

रचना र केदारको ‘गाजलु’मा वर्षा र रोशनको रोमान्स (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः  गायिका रचना रिमाल र गायक केदार बरुवाल क्षेत्रीको स्वर रहेको ‘गाजलु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

काठमाडौँ आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको ‘गाजलु’मा गायक केदारकै शब्द तथा संगीत  छ । श्याम श्वेत रसाइलीको मिक्सिङ  तथा मास्टरिङ  रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ ।

भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका म्याग्दीका गायक बरुवालले ‘गाजलु’ आफूले निकै नै आशा गरेको गीत भएका कारण दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छन् ।

यसअघि  गायक बरुवालले जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी, एक तर्फी, (तिमीलाई चाहेर मेल भर्सन), आँखैमा गाजल , तिमी मेरी रानी, लगायतका गीत बजारमा ल्याइसकेका छन् ।

निर्देशक  भट्टकै कोरियोग्राफी रहेको गाजलुको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने छायांकन मनप्रसाद  मर्हजनले गरेका हुन् । भिडियो केदार बरुवाल क्षेत्री अफिसियलबाट बजारमा आएको हो ।

भिडियो लिंक : https://youtu.be/qfywU7tMjRw

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया